प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न- बैद्यको अभिव्यक्तिप्रति देउवा, प्रचण्ड, माधव र उपेन्द्र मौन किन? काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नाथुराम बन्न चाहने नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैधलाई फौजदारी कसुरमा दण्ड दिनुपर्ने बताएका छन्। उनले आज ट्विटरमार्फत भनेका छन्,"नरोत्तम बैद्यले अपराधिक मनसायका साथ बोले। मिसनवाला मिडियाले सुनेनन्। देउवा, प्रचण्ड, माधव र उपेन्द्र मौन छन्। कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्