एमालेले भन्यो, वैद्यको अभिव्यक्तिमा फौजदारी कसुर हो
काठमाडौं। नेकपा एमालेले कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति फौजदारी कानुन आकर्षित हुने ठहर गरेको छ।आज एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिको भत्सर्ना गरेको छ। वक्तव्यमा भनिएको छ, "प्रधामन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई पार्टीले गम्भीर रुपमा लिएको छ। हत्याका लागि अरुलाई दुरुत्साहन गर्ने र हत्याका लागि तयार रहेको भन्ने अभिव्यक्ति अपराधिक र निन्दनीय छ।"
प्रतिक्रिया दिनुहोस्