नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न बागमती प्रदेशका मुख्यमन्त्री पौडेल र नेतृ शाक्यको निर्देशन
काठमाडौं। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ।आज बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं दलका नेता डोरमणि पौडेलले नीति तथा कार्यक्रमलाई पास गर्न निर्देशन दिएका छन्।एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि दलको बैठकमा मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार सदनमा पक्षमा मत हाल्न भनेको बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति बैठकले भत्सर्ना गरेको छ।
प्रतिक्रिया दिनुहोस्