सांसद नरोत्तम बैद्यले आत्मालोचना गर्दै मागे माफी काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रदेशसभाको बैठकमा माफी मागेका छन्। बागमती प्रदेशसभाको जारी बैठकमा बोल्दै प्रदेससभा सदस्य बैद्यले माफी मागेका हुन्। उनले भने,"मैले बोलेको कुरामा जुन किसिमले क्रिया प्रतिक्रिया भयो, पार्टीको ध्यानाकर्षण भएको छ,पार्टीको निर्देशनअनुसार म रोष्टममा उभिएर आत्मालोचना गर्छु।प्रधानमन्त्रीप्रति मेरो कुनै व्यक्तिगत रिसिइबी छैन। आवेगमा र भावावेशमा आएर आवश्यकताभन्दा बढी मर्यादा विपरीत बोलेकाले फिर्ता लिन चाहन्छु।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्