बागमतीको अर्को बैठक असार १ गतेसम्म स्थगित काठमाडौं। बागमती प्रदेश सभाको अर्को बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ। आज मूख्यमन्त्री डोरमणी पौडेलले सम्बोधन गरेपछि र सांसदहरुले पेस गरेको संशोधनको प्रस्तावमाथि छलफलपछि सभा स्थगित भएको हो। असार १ गते दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्