ओली भाइरस पोखरामा सर्यो, प्रतिवाद गरौं : भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधान र लोकतन्त्र सिध्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको भाइरस गण्डकी प्रदेशमा पनि सरेको टिप्पणी गरेका छन्। उनले कोही पनि भ्रममा नपर्न आग्रह गर्दै लेखेका छन्, “सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं। संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं।”
प्रतिक्रिया दिनुहोस्