को हुन् गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री पोखरेल? पोखरा। कृष्णचन्द नेपाली पोखरेल नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता हुन्। उनी नवलपरासी पूर्व (क)बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। ७१ वर्षीय पोखरेल पञ्चायककालदेखि नै राजनीतिमा सक्रिय छन्। २०२८ सालमा कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी पटक–पटक जेल परेका छन्। उनले भारतको दरभंगबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्