पूर्वप्रधानमन्त्रीहरुको अपिल : संवैधानिक व्यवस्थामाथिको निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउँ
काठमाडौं। विपक्षी गठबन्धनका पूर्व प्रधानमन्त्रीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतालाई असर पार्ने दीर्घकालीन प्रकृतिका काम नगर्न चेतावनी दिएका छन्। उनीहरुले एक विज्ञप्ति जारी गर्दै गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलगायत राज्यका निकायहरुलाई आग्रह गरेका छन्। विज्ञप्तिमा शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईको हस्ताक्षर रहेको छ।
प्रतिक्रिया दिनुहोस्