यस्ता छन् पूर्वप्रधानमन्त्रीहरुको प्रधानमन्त्रीमाथि लगाएका पछिल्ला पाँच आरोप काठमाडौं। विपक्षी गठबन्धनका पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रमझै प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान संशोधनका लागि राष्ट्रिय सहमति नगरी स्वेच्छाचारी किसिमले कार्यदल गठन गरेको, मनपरी मन्त्रिपरिषदको विस्तार, सर्वोच्च अदालतलाई महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु गरेको आरोप लगाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्