नेपाली काङ्ग्रेसको महाधिवेशन समय ९ दिन पछि सार्ने प्रस्ताव
काठमाडौं। नेपाली काङ्ग्रेसले पार्टीको महाधिवेशन ९ दिन पर सार्न प्रस्ताव गरेको छ। शनिबार पार्टी सभापति निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकमा भदौ ७ देखि १० गतेसम्म गर्ने तय भएको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी सार्ने प्रस्ताव गरेको हो। सो प्रस्ताव केन्द्रीय समितिमा पारित गर्ने सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्