महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन : नेता रिजाल काठमाडौं। नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले महाधिवेशन हुँदैन भनेर अल्मलिने बेला नभएको बताएका छन्। नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा उनले मतदाता नामावली छिटो तय गरी महाधिवेशनमा लाग्नुपर्ने बताए। “काङ्ग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्