सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछ : शिक्षामन्त्री
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताए। क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाए। चिकित्सालयमा भेन्टिलेटरसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गरिएको छ।रासस
प्रतिक्रिया दिनुहोस्