एमालेको झगडा: केन्द्रमा विमति, प्रदेशमा सहमति काठमाडौं।एमालेभित्रको विवाद चुलिएका बेला प्रदेश–१, बागमती र गण्डकी प्रदेशसभाका सदस्यहरुले एकताको सन्देश दिएका छन्।बागमती सरकारको नीति कार्यक्रम पास गर्न माधव नेपाल समूहका सांसदले साथ दिए।प्रदेश–१ सरकारको नीति तथा कार्यक्रमको छलफलमा पनि सबै एमाले सांसदले सरकारको बचाउ गरेर बोलेका थिए।गण्डकी प्रदेश सरकार बचाउन अन्तिमसम्म नेपाल पक्षका सांसदले साथ दिए।एमाले नेता भीम आचार्य भन्छन्,"यो एकता शीर्ष नेतालाई सन्देश हो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्