महामारीमा मोदीलाई जनताको होइन, कुर्सीको चिन्ताः प्रियंका गान्धी
एजेन्सी। देश कोरोनाको दोस्रो लहरबाट आक्रान्त भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै चिन्ता नगरेको कंग्रेस महासचिव प्रियंका गान्धीले आरोप लगाएकी छन्। मोदीले जनताको वास्ता नगरेर आफ्नो प्रचारमा ध्यान दिएको आरोप लगाउँदै उनले यसमा ‘जिम्मेवार को हो’ भन्दै प्रश्न गरिन्। सारा संसारले मोदी शासन गर्न सक्षम नरहेको देखिसकेको उनको जिकिर थियो। गान्धीले भनिन्, ‘‘कोरोनाको यो समयमा भारतीयले स्पेनिस फ्लुको समयको पीडा भोग्नुपर्यो।’’
प्रतिक्रिया दिनुहोस्