कमल थापाले जोगाउन सक्लान् त राप्रपालाई 'भाईरस’ प्रवृत्तिबाट?
काठमाडौं।राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा 'भाईरस’ प्रवृत्ति देखा परेको बताएका छन्।'भाईरस' प्रवृत्तिबाट पार्टीलाई जोगाउन सके ठूलै लक्ष्य प्राप्त गर्न सकिने उनले जनाएका छन्।"यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौं भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन।गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यम्भावी छ।विगतका घटनाक्रम यसको प्रमाण हो",उनले ट्विटरमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्