पूर्वमुख्यमन्त्रीको सम्मान र सुविधाको लागि ऐन बनाउने गण्डकी सरकारको तयारी
काठमाडौं।गण्डकी प्रदेशमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सम्मान र सुविधा दिनको लागि ऐन बनाउने सहमति भएको छ।पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ।संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधाका लागि ऐन बनाउने समझदारी भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। पूर्वमुख्यमन्त्रीको सम्मानमा ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने प्रवक्ता खड्काको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्