प्रदेश–२ को प्रदेशसभा बैठक ३ बजे बस्दै
काठमाडौं। प्रदेश–२ को प्रदेशसभा बैठक आज ३ बजे बस्दै छ। प्रदेश–२ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा उठेका सवालमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ
दिने र स्पष्ट पार्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रञ्जित कुमार यादवले बताए। सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम हिजै सकिएको थियो।
प्रतिक्रिया दिनुहोस्