विपक्षी गठबन्धनले उठाएको बहुमतको प्रश्नमा मुख्यमन्त्री पोखरेललाई राहत
दाङ। सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई राहत मिलेको छ। विपक्षी गठबन्धनले आफूहरूको बहुमत हुँदाहुँदै मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध गर्दै आएका थिए। यसअघि २७ गतेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रममा प्रतिपक्षीका सचेतकबाहेक अन्य सदस्य अनुपस्थित रहेपनि सभामा कुल संङख्याको बहुमत सदस्य उपस्थिति रहनुले सरकारसँग बहुमत रहेको दाबी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्