२ नम्बर प्रदेश सरकारलाई प्रदेशप्रमुखको ५ बुँदे पत्र
जनकपुर। प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारलाई पत्र लेख्दै भनेका छन्, “प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेशी लगायत पक्षलाई समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ।” उनले प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्