युरोपियन युनियनकी राजदूत डेप्रेले भनिन्– ‘टिम युरोप’ नेपालसँगै उभिएको छ
काठमाडौं। नेपालको लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रोले महामारीको समयमा ‘टिम युरोप’नेपालसँगै उभिएको बताएकी छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्लोभेनिया, अष्ट्रिया र माल्टाले पठाएको स्वास्थ्यसामाग्री नेपाललाई हस्तान्तरण गर्दै भनिन्,“महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’नेपालसँगै उभिएको छ र यो हामी जारी राख्नेछौँ। सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन।” उनले छिट्टै आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनियाले पनि नेपालमा स्वास्थ्य सामाग्री पठाउने बताइन्।
प्रतिक्रिया दिनुहोस्