लिक्विड अक्सिजन प्लान्टको शिलान्यास असाधारण खुशीको विषय हो : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताएका छन्। देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्रीले कोभिड १९ बाट सिर्जित विषम परिस्थितिले यस कार्यमा प्रेरित गरेको उल्लेख गरे। ‘कोरोनाको दोस्रो लहरले एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो। त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्न बाध्य भयौं’,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्