निवर्तमान मुख्यमन्त्री गुरुङको टिप्पणी, ‘वर्तमान सरकारको आयु निकै छोटो हुनेछ’ पोखरा। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारको आयु निकै छोटो हुने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “पूर्व–पश्चिम फर्केको नवनियुक्त गण्डकी प्रदेश सरकारको आयु निकै छोटो हुन्छ। यसको आयु गर्भमै तुहिन सक्छ।” गुरुङले संसदमा विश्वासको मत नपाएपछि ४ दलको समर्थनमा शनिबार मात्रै कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्