केन्द्रको आर्थिक वितरण प्रणाली न्यायपूर्ण भएन : मुख्यमन्त्री भट्ट
सुर्खेत। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्रको आर्थिक वितरण प्रणाली न्यायपूर्ण नभएको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले विगतमा विकास हुन नसकेको सुदुरपश्चिम प्रदेशलाई विशेष रुपमा सम्बोधन गर्नुपर्ने बताए। “सबै प्रदेशलाई एकै रुपमा हेरिनुहुँदैन। विगतमा विकास भएका प्रदेश सरह नै वितरण प्रणालीले यहाँको विकास हुन सक्दैन। जनसंङख्या र भूगोल मात्र होइन, भौगोलिक रुपमा पनि स्वीकार गर्नु जरुरी छ”, उनले भने।
प्रतिक्रिया दिनुहोस्