एमालेले बोलायो असार २ गतेका लागि स्थायी कमिटी बैठक काठमाडौं। एमालेले असार २ गते स्थायी कमिटी बैठक बोलाएको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक बोलाइएको हो। स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुनेछ। बैठकमा माधव नेपाल समूहका गतिविधि र गण्डकी प्रदेश सरकार बहिर्गमनको विषयमा पनि समीक्षा हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्