पूर्वसांसद अधिकारीको निधन लमजुङ।नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।मधुमेह,उच्च रक्तचापलगायतका रोगले थलिएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो।उनको गएराति ११ बजे निधन भएको हो।विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ–२ बाट निर्वाचित भएका थिए।अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्