आयोगको निर्णयप्रति डा.भट्टराईको असन्तुष्टिः वादी–प्रतिवादी मिलेर बस्नु फैसला गर्ने?
काठमाडौं।जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कामाथि गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।उनले ट्वीट गर्दै भनेका छन्,“कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू!चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने(वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू!वाह!”
प्रतिक्रिया दिनुहोस्