पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न : प्रदेश सरकार पोखरा।गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको बताएका छन्।मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेपछि आर्थिक भार बढाउन खोजिएको भन्दै आलोचना भएपछि प्रदेशमा बनेका कानुनमा पूर्वमुख्यमन्त्रीका बारेमा कहीँकतै उल्लेख नभएकाले मर्यादाक्रम,सुरक्षा व्यवस्थालगायत विषयलाई कानून बनाएर व्यवस्थित बनाउन खोजिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्