पाकिस्तानमा नयाँ बजेट अनुमोदन हुन नदिने विपक्षीको घोषणा एजेन्सी। पाकिस्तानमा इमरान खान सरकारले ल्याएको २०२१–२२ को प्रस्तावित बजेट विपक्षीले अनुमोदन हुन नदिने घोषणा गरेका छन्। पाकिस्तान मुस्लिम लिग–नवाज र पाकिस्तान पिपुल्स पार्टीसहित विपक्षी दलहरुले खान सरकारलाई चुनौती दिँदै नेसनल एसेम्बलीबाट बजेट पास हुन नदिने बाचा गरेका हुन्। देशको दुर्दशा नबुझी ल्याइएको बजेट कुनै पनि हालतमा लागू हुन नहुने विपक्षीको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्