गण्डकीका सांसद थापाको पुर्नबहालीविरुद्धको भ्याकेट निवेदनमाथि सुनुवाई आज
काठमाडौं। राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुर्नवबहाली गर्न दिएको अन्तरिम आदेश विरुद्ध परेको भ्याकेट (पुनरावलोकन ) निवेदनमाथि आज सुनुवाई हुँदैछ। न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई तोकिएको हो। थापाको प्रदेशसभा सदस्य कायम रहने भनी दिएको अन्तरिम आदेशविरुद्ध सभामुख नेत्रराज अधिकारीसहित राष्ट्रिय जनमोर्चाले समेत न्याकेट निवेदन दिएका छन्।
प्रतिक्रिया दिनुहोस्