पानीजहाजको रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण हुन्छः मन्त्री नेम्वाङ काठमाडौं।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने स्पष्ट पारेका छन्।खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनले बताए। “त्यसलाई ध्वस्त पारेर,नष्ट पारेर काम गर्न खोजेको होइन,खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ। खुवालुङको संरक्षण गरिन्छ’,नेम्वाङले भने।पानीजहाज सञ्चालनको रुट बनाउँदा सप्तकोशी नदीबीचमा परापूर्वकालदेखि रहँदै आएको खुवालुङ ढुङ्गा फोड्ने कुरा भएको भन्दै विरोध भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्