कर्णाली प्रदेशसभा : चार जना सांसदको पुर्नबहाली पत्र प्रदेशसभामा सुनाइयो सुर्खेत। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका चार जना सांसदको पद पुर्नबहाली भएको छ। आज प्रदेशसभा सभामुख राजबहादुर शाहीले अदालतले पठाएको पत्र प्रदेशसभा बैठकमा पढेर नाम सुनाएका हुन्। उनले भने,“एमालेको प्रदेशसभाको पत्रको आधारमा पदमुक्त हुनुभएका प्रकाश ज्वाला, अम्बर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतबाट जारीएको अन्तरिम आदेशअनुसार सदस्य पद कायम रहेको जानकारी गराउँदछु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्