संस्कृतको पुनर्जागरण हुनुपर्छ : नेता पौडेल
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्ने बताए। आज वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा भर्चुअल रुपमा आयोजित कार्यक्रममा उनले संस्कृत मासिने भाषा नभएको बताए। संस्कृत भाषाकै पृष्ठभूमिमा नेपाली भाषा परिष्कृत भएकाले राजनीतिकै कारण यसलाई बिगार्न नहुने विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेका पौडेलले बताए। रासस
प्रतिक्रिया दिनुहोस्