देउवा-प्रचण्ड-नेपालबीच कोटेश्वरमा भएको छलफलका ७ विषय काठमाडौं। कार्वाहीमा परेका एमाले नेता माधव नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सकिएको छ। करिब डेढघण्टा भएको छलफलमा एमालेको एकता प्रक्रिया, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा, गठबन्धन बलियो बनाउने,आपसी अविश्वास उत्पन्न नगराउने, कोभिड न्यूनीकरण र राहत, केही संबैधानिक निकायको भूमिका र पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यको बारेमा पनि कुराकानी भएको माधव नेपाल सचिवालय स्रोतले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्