निर्वाचन आयोगको निणर्य पूर्वाग्रहपूर्णः उपेन्द्र यादव
काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि दिएको निवेदनमा पूर्वाग्रहपूर्ण निर्णय गरेको बताएका छन्।विज्ञप्ति जारी गर्दै उनले निर्वाचन आयोगले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्धारा विधिवत निष्काशन गरी अभिलेख अध्यावधिक गर्न दिँदा निर्णय नगरेको भन्दै आपत्ति जनाएका हुन्।“आयोग निर्णयविहीन हुनु आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रष्ट छ’,विज्ञप्तितमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्