कर्णाली मुख्यमन्त्रीले भने, सरकारको मुख्य प्राथमिकता कोभिड संक्रमण न्यूनीकरण हो सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको मुख्य प्राथमिकता कोभिड संक्रमण न्यूनीरकण रहेको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले प्रदेशस्तरमै ५ सय जना बिरामी भर्ना गर्न हुनसक्ने स्तरमा अस्पतालको क्षमता वृद्धि हुने उल्लेख गरे। उनले कोरोनाको तेस्रो लहरको आउने आँकलन गरिएको अवस्थामा सरकारले स्वास्थ क्षेत्रमा ध्यान दिएको बताए।तत्कालै प्रदेशका ३ वटा प्रदेश अस्पतालमा अक्सिजन जडान हुने उनले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्