कर्णाली प्रदेशसभाको चासोमा चार सांसद सुर्खेत। कर्णाली प्रदेशसभामा एमालेले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ। एमाले प्रदेश संसदीय दलले सदन चल्न दिएपनि आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। फ्लोर क्रस गरेर पदमुक्त भई सर्वोच्चको आदेशबाट पुनर्वहाली भएका एमालेका चार सांसदले के गर्छन् भन्नेबारे चासो छ। प्रदेशसभामा सभामुखसहित एमालेका२०, कांग्रेस र माओवादीका१८ र राप्रपाका एक सांसद छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्