बारबाट बरिष्ठ अधिवक्ता घिमिरे र केसी एमिकस क्यूरीमा सिफारिस काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनले दुई अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ। सर्वोच्च अदालत बार एशोसिएशन कार्य समितिको मंगलबार बैठकले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्यूरीमा सिफारिस गरेको हो। जेठ २६ गते संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्