तोकिएको समयमा निर्वाचन गराउन गृहमन्त्रालय तयारी अवस्थामा छ : अधिकारी काठमाडौं। गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन्। आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको गृहमन्त्री अधिकारीले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्