पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिदै
काठमाडौं। एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ। उनलाई साढे बाह्र बजे दिल्ली जाने तयारी भएको हो। उनको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिनेछ। ज्वरो आउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। कोरोना संक्रमण भएपछि उनलाई गत महिना पनि नर्भिक अस्पतालमा नै राखेर उपचार गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्