कोरोना प्रभावित उद्यम उद्दारमा ध्यान देऊ : विवेकशील साझा पार्टी काठमाडौं। विवेकशील साझा पार्टीले संघीय सरकार तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्दारका लागि कुनै कदम नचालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। “संघीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत् अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ,” विवकशीलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्