‘व्यक्तिगत इगोका कारण एमाले गम्भीर संकटमा’ काठमाडौं।नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले व्यक्तिगत इगोका कारण पार्टी गम्भीर संकटमा परेको बताएका छन्।उनले उपचारका लागि दिल्ली जाने क्रममा विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन्।उनले भनेका छन्,“एकजुट भएर मुलुकको समस्या हल गर्नुहोस्।गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा गम्भीर संकट उत्पन्न भएको छ।”उनले टुटफुट र विभाजनतर्फ नभइ एकजुट भएर पार्टीलाई एकता गराउनेतर्फ अगाडि बढ्न आह्वान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्