बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुन्छ – मन्त्री आङ्बुहाङ विराटनगर। प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बुले आर्थिक वर्ष२०७८/७९ को बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुने बताए। मन्त्रालयद्वारा आज आयोजित बजेटसम्बन्धि पत्रकार सम्मेलनमा यसको कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही सबै तहसम्म कार्यसम्पादन सम्झौता गरिने जनाए। उनले आर्थिक वर्ष सुरु हुनुअगावै बजेट तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना सबै मन्त्रालय तथा निकायहरुबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्