बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजा दुःखी,क्षति कम गर्न जिम्मेवार बन्न आग्रह
काठमाडाैं।पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरोबाट भएको क्षतिबाट आफू दुःखी भएको बताएका छन्।वक्तव्य जारी गर्दै बाढीपहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न समेत उनले आग्रह गरेका छन्।प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्वसावधानी राख्ने, तयारी गर्ने,सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्