संविधानले बहुदलीय संसदीय प्रणाली अंगीकार गरेको हो, निर्दलीयता होइनः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै नेपालको संविधानले बहुदलीय संसदीय प्रणाली अंगीकार गरेको स्पष्ट पारेका छन्। संविधानले निर्दलीयताको परिकल्पना नगरेको उनले बताएका छन्। “संविधानले निर्दलीय अभ्यासको कल्पना गर्दैन। रिट निवेदकहरुले दाबी गरे बमोजिम संसद र सरकार सञ्चालन गर्ने हो भने त्यसले पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई पुनः ब्युँताउने छ”, प्रधानमन्त्री ओलीले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्