धारा ७६(५) बमोजिमको प्रधानमन्त्री दलीय समर्थनमा मात्र नियुक्त हुन सक्छ : प्रम ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५)बमोजिमको प्रधानमन्त्री दलीय समर्थनका आधारमा मात्र नियुक्त हुन सक्ने बताएका छन्। दलको निर्देशन विपरीतको कार्य स्पष्टतः दल त्यागको अवस्था रहेको उनले जनाएका छन्। “पद नै नरहने प्रतिनिधिसभा सदस्यले कसैलाई प्रधानमन्त्री पदमा समर्थन गर्न सक्ने वा त्यस्तो मतगणना हुन सक्ने अवस्था नै रहँदैन”, उनले सर्वोच्चलाई आज पठाएको लिखित जवाफमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्