रिट निवेदकबाट दलीय अनुशासन र नैतिकता उल्लंघन भयोः प्रधानमन्त्री काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि सांसदलाई दलीय अनुशासन उल्लंघन गर्ने छुट नभएको बताएका छन्।सर्वोच्चमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्रीले संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन,२०७३ले सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न सक्ने छुट नदिएको उल्लेख गरेका छन्।“विपक्षी दलको नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने कार्य संविधान अनुकूल हुने कुरा संसदीय शासन प्रणालीमा कसैले कल्पना पनि गर्न सक्दैन’, प्रधानमन्त्रीले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्