प्रधानमन्त्रीको दाबी– धारा ७६ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई दिएको छैन
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई नदिएको बताएका छन्। “धारा ७६(५)बमोजिम नियुक्त नभएको कुनै व्यक्तिले प्रतिनिधिसभामा विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधिसभा वा अदालतमा हुने कुनै परिकल्पना गरेको छैन”, उनले आज सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा भनिएको छ। यस्तोमा संसदीय विशेषाधिकारको प्रश्न समेत आकर्षित हुन नसक्ने दाबी उनको छ।
प्रतिक्रिया दिनुहोस्