“प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई अस्थिरता तर्फ धकेल्नु हो”
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरताको लागि निर्वाचन अनिवार्य भएको बताएका छन्। उनले आज सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा भनेका छन्,“अब पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल‚अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु हो।” प्रतिनिधिसभा धारा ७६(५)बमोजिम वैकल्पिक सरकार बनाउन असफल हुँदा विघटन अनिवार्य संवैधानिक परिघटना हुनपुगेको उनले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्