नयाँ जनादेशका लागि निर्वाचनमा जानु सबैभन्दा उच्चस्तरको अग्रगमनः प्रम ओली काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ,लोकतान्त्रिक गणतन्त्र सङ्कटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भन्ने दाबी निराधार र फजुल भएको बताएका छन्।“नयाँ जनादेशका लागि निर्वाचनमा जानु सबैभन्दा उच्चस्तरको अग्रगमन हो”,उनले सर्वोच्चलाई लेखेको पत्रमा उल्लेख छ।नयाँ बन्ने प्रतिनिधिसभाले स्थिर सरकार र स्थायित्व दिने दाबी उनको छ।विगतमा संविधानसभाको पहिलो कार्यकाल असफल भएपछि दोस्रो कार्यकाल सफल बनेको उदाहरण उनले दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्