प्रधानमन्त्रीको जिकिर–संवैधानिक दायित्वबमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गरेको हुँ
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सरकार गठन हुनसक्ने अवस्था नभएको जिकिर गरेका छन्।सर्वोच्चलाई पठाएको जवाफमा उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा सदस्यहरुको दलीय आवद्धता र समर्थनको आधारमा कुनैपनि सरकारले बहुमत प्राप्त गर्ने आधार नभएको उल्लेख गरेका छन्।प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेकाले उपधारा(७)अनुसार आफूसँग भएको संवैधानिक दायित्व बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गरेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्